०५ असार २०८३, शुक्रबार

सात वर्षकी नाबालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

सात वर्षकी नाबालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

सात वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका ६ बस्ने २६ वर्षीय मानबहादुर रजालीलाई जबजरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनले शनिवार घरमा कोही पनि परिवारका सदस्य नभएको मौका पारी उनले नाबालिकालाई करणी गरेका थिए । उनलाई करणी गरिरहेकै अवस्थामा नाबालिकाका आफन्तहरूले फेला पारेपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । 

प्रहरीले उनीविरुद्ध बर्दिया जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अघि बढाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्