२९ जेठ २०८३, शुक्रबार

दुई वर्षभित्र भूमिसँग सम्बन्धि सबै समस्या समाधान हुन्छः मन्त्री श्रेष्ठ

दुई वर्षभित्र भूमिसँग सम्बन्धि सबै समस्या समाधान हुन्छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धि सम्पूर्ण समस्या समाधान हुने दाबी गरेकी छन् । 

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले दुई वर्षभित्रमा भूमिसँग सम्बन्धित सबै समस्या समाधान हुने दाबी गरेकी हुन् । कमैया मुक्त घोषणा गरिएको २२ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले भनिन्,‘सरकार मुक्त कमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने कार्यमा दत्तचित्त भएर लागेको छ ।’ 

भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको उनले जानकारी दिइन् । मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधन श्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लाaगिपरेको बताइन् । 

उनले सरकार सीमान्तकृत तथा पिछडिएको वर्गको हितलाई ध्यानमा राखेर वैज्ञानिक भूमि सुधारको पहलमा लागेको बताइन् । ‘सरकार विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढिरहेको छ’  मन्त्री श्रेष्ठले भनिन्, ‘भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने गरी सरकारले नीति बनाउँदैछ ।’ 

मन्त्री श्रेष्ठले सरकार लोक-कल्याण्कारी राज्य स्थापना गर्न लागिपरेको बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्