
सोमवार दिउँसो काठमाडौं उपत्यकामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंको विभिन्न ठाउँमा भएको भारी वर्षाका कारण विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन गरिएको विभागले एसएमएसमार्फत जानकारी दिएको छ ।
विभागका अनुसार विष्णुमती, गंगबु, बसपार्क बाढी मापन केन्द्रमा जलसतह करीब १.५ मिटरले बढेको छ ।
विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भन्दै विभायले सतर्क रहन समेत आग्रह गरेको छ ।
विभागले भनेको छ,'विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन सक्छ, आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ ।'