शंकरापुर नगरपालिका–३ साँखुको वनमा मानव कंकाल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कंकाल फेला परेको हो । मानव कंकाल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ ।