
नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावमा पनि सत्ता गठबन्धन दलबीच तालमेल गर्ने निर्णय गरेको छ । सोमवार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निणय भएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।
केन्द्रीय समितिले पारित गरेको १० औं नम्बर बुँदामा कांग्रेसलाई स्पष्ट बहुमत आउने गरी चुनावी तालमेल गर्ने निर्णय भएको उनले बताए । विभिन्न प्रस्ताव पारित गर्दै कांग्रेस केन्द्रीय समिति बैठक बैठक समापन भएको छ ।
यस्तो छ कांग्रेसको निर्णय
