
अत्यधिक गर्मी बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सूचना जारी गरी मंगलवारदेखि ७ दिन विद्यालय बन्द गर्न संस्थागत तथा धार्मिक विद्यालयलाई निर्देशन दिएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेयले जारी गरेको सूचनामा वर्षायामको समय भएको तर पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरूको स्वास्थ्यमा नै प्रतिकूल असर पर्न सक्ने हुँदा बर्खे बिदाबाट कट्टी गर्ने गरी साउन ३ गते मंगलवारदेखि ९ गते सोमवारसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय बिदा गर्न अनुरोध गरिएको छ ।
रूपन्देहीमा लामो समयसम्म पानी नपर्दा तापक्रम ४० डिग्रीसम्म पुगेको छ ।
