०९ असार २०८३, मंगलबार

आज बिहानैदेखि यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

आज बिहानैदेखि यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह
फाइल तस्वीर

मंगलवार बिहान कैलाली, कञ्चनपुर, डोटी र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, सो क्षेत्रमा पछिल्लो ३ घन्टा भारी वर्षा मापन गरिएको छ । 

सो क्षेत्र भई बहने साना नदीहरूमा बहाव बढ्दो रहेको र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने विभागले जनाएको छ । 

विभागले सो क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्