०१ साउन २०८३, शुक्रबार

ताइवानका विषयमा चिनियाँ सेनाले दियो अमेरिकालाई कठोर चेतावनी

साउन ३, २०७९
ताइवानका विषयमा चिनियाँ सेनाले दियो अमेरिकालाई कठोर चेतावनी
AP / Wally Santana

अमेरिकाको बाइडन प्रशासनले ताइवानलाई नयाँ हतियार बिक्रीका लागि स्वीकृति दिएपछि चीनका परराष्ट्र र रक्षा मन्त्रालयहरूले सोमवार कठोर चेतावनी दिएका छन् । 

ताइवानलाई अमेरिकाले लगभग १० करोड ८० लाख डलर बराबरको हतियार दिन लागेको हो । 

हतियार बिक्रीको यो सम्झौता तत्काल फिर्ता लिन तथा भविष्यमा पनि ताइवानसँग कुनै हतियार सम्झौता र सैन्य सम्बन्ध नराख्न बेइजिङले माग गरेको चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल टान केफेले बताए । त्यसको नगरेको अवस्थामा चीन र अमेरिकाबीचको सम्बन्ध बिगार्न अमेरिकी पक्ष नै जिम्मेवार रहेको ठहरिने उनको भनाइ छ । 

‘चिनियाँ जनमुक्ति सेनाले राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षाका लागि सबै आवश्यक उपाय अपनाउनेछ,’ कर्नेल टानले बताए । ताइवानमा बाह्य हस्तक्षेप तथा ताइवान स्वतन्त्रताका नाममा गरिने पृथक्तावादी प्रयासलाई पनि निरस्त पारिने उनको भनाइ छ ।  

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले वाशिङटनद्वारा गरिएको हतियार आपूर्तिबाट चीनको सार्वभौमसत्ता तथा सुरक्षा हितलाई गम्भीर आघात गरेको र चीन–अमेरिका सम्बन्धलाई पनि क्षति पुर्‍याएको उनको भनाइ छ । ताइवान जलसन्धिमा शान्ति र स्थिरतालाई पनि यसले खलबल्याउने उनको भनाइ छ । 

‘चीनले आफ्नो सार्वभौमसत्ता र सुरक्षा चासोलाई दृढतापूर्वक प्रतिरक्षा गर्नका लागि दृढ तथा बलियो उपाय अपनाइरहनेछ,’ वाङले थपे ।

salt training

कमेन्ट गर्नुहोस्