३१ जेठ २०८३, आइतबार

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला बहुमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको मंगलवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार सोमवार चौमाला बहुमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।  

घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको हो । बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्