२९ जेठ २०८३, शुक्रबार

सवारीसाधनमा जीपीएस प्रणाली जडानमा बालेनको चासो

सवारीसाधनमा जीपीएस प्रणाली जडानमा बालेनको चासो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रत्येक सवारी साधनमा जीपीएस प्रणाली जडानबारे चासो राखेका छन् । मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईसँग भेटी मेयर बालेनले काठमाडौं उपत्यकामा चल्ने सबै सवारीसाधनमा जीपीएस प्रणाली जडानबारे चासो राखेका हुने । 

मेयर बालेन आफूसँगको भेटमा सवारीसाधनमा जीपीएस प्रणाली जडान गर्नेबारेमा चासो राखेको मन्त्री राईले जानकारी दिए । ‘मेयरले प्रत्येक सवारी साधनहरूमा जीपीएस सिस्टम जडानका विषयमा बुझ्न खोज्नुभएको थियो । उहाँको सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गर्ने चाहना छ,’ मन्त्री राईले भने, ‘रफमा सवारी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्न सक्ने मेकानिजम होस् भन्ने चाहना छ ।’ 

मन्त्री राईले सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गरी जथाभावी सवारी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्नसक्ने मेकानिजम बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानूनी र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए ।

मन्त्री राईले मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने सडक र महानगरले हेर्ने सडकका विषयमा पनि मेयरले चासो देखाएको बताए । ‘भावी दिनमा सबै मेकानिजम विस्तार हुँदै जाँदा महानगरभित्र पर्ने संरचना सडकहरू महानगर मातहत नै जाने व्यवस्था गर्ने जानकारी दिएका छौँ,’ उनले भने, ‘तत्कालका लागि काठमाडौं उपत्यकाभित्र ४ सय किलोमिटर हाम्रो क्षेत्राधिकारभित्र पर्छ । त्यसमा ढल निकासाको समस्या भए मन्त्रालयले समाधान गर्ने प्रतिवद्धता जनाएका छौँ ।’

मन्त्री राईले काठमाडौं महानगरपालिका क्षेत्राधिकार भित्रका सडकलाई अब बन्ने ऐनमा महानगर मातहतमा नै रहने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्