×

NMB BANK
NIC ASIA

सवारीसाधनमा जीपीएस प्रणाली जडानमा बालेनको चासो

साउन ३, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रत्येक सवारी साधनमा जीपीएस प्रणाली जडानबारे चासो राखेका छन् । मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईसँग भेटी मेयर बालेनले काठमाडौं उपत्यकामा चल्ने सबै सवारीसाधनमा जीपीएस प्रणाली जडानबारे चासो राखेका हुने । 

Muktinath Bank

मेयर बालेन आफूसँगको भेटमा सवारीसाधनमा जीपीएस प्रणाली जडान गर्नेबारेमा चासो राखेको मन्त्री राईले जानकारी दिए । ‘मेयरले प्रत्येक सवारी साधनहरूमा जीपीएस सिस्टम जडानका विषयमा बुझ्न खोज्नुभएको थियो । उहाँको सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गर्ने चाहना छ,’ मन्त्री राईले भने, ‘रफमा सवारी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्न सक्ने मेकानिजम होस् भन्ने चाहना छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री राईले सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गरी जथाभावी सवारी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्नसक्ने मेकानिजम बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानूनी र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री राईले मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने सडक र महानगरले हेर्ने सडकका विषयमा पनि मेयरले चासो देखाएको बताए । ‘भावी दिनमा सबै मेकानिजम विस्तार हुँदै जाँदा महानगरभित्र पर्ने संरचना सडकहरू महानगर मातहत नै जाने व्यवस्था गर्ने जानकारी दिएका छौँ,’ उनले भने, ‘तत्कालका लागि काठमाडौं उपत्यकाभित्र ४ सय किलोमिटर हाम्रो क्षेत्राधिकारभित्र पर्छ । त्यसमा ढल निकासाको समस्या भए मन्त्रालयले समाधान गर्ने प्रतिवद्धता जनाएका छौँ ।’

Vianet communication

मन्त्री राईले काठमाडौं महानगरपालिका क्षेत्राधिकार भित्रका सडकलाई अब बन्ने ऐनमा महानगर मातहतमा नै रहने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x