राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुरू भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक शुरू भएको हो ।
मंगलवार भएको बैठकमा पछिल्लो समय अध्यक्ष लिङदेनसँग असन्तुष्ट भनिएका पूर्व अध्यक्ष पशुपतिशमशेर जबरा पनि सहभागी भएका छन् ।
बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा साउन ५ गतेदेखि शुरू हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायत विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । राप्रपाले संघीयता खारेजी र हिन्दूराज्य स्थापनाको माग गरिरहेको छ ।