
अमेरिकी सेनाले ध्वनिको भन्दा पाँच गुणा बढी गति भएको हाइपरसोनिक हतियारको सफल परीक्षण गरेको छ ।
रक्षा मन्त्रालय पेन्टागनले यसै साता गरेको घोषणाअनुसार, रेथ्योन टेक्नोलोजीजले दोस्रोपटक यस्तो हाइपरसोनिक हतियारको सफल परीक्षण गरेको छ ।
यो एयर ब्रिदिङ भेहिकलले वातावरणबाट सोसेको हावाको उपयोग गरी दीर्घकालीन प्रोपल्सन प्राप्त गर्छ ।
‘यो दोस्रो परीक्षणपछि हाम्रो हतियार युद्धका लागि पनि तयार रहेको स्पष्ट भएको छ,’ व्यवस्थापक ड्यान ओल्सनले बताए । स्क्य्रामजेट प्रोपल्सन अनुसन्धान तथा विकासका लागि लगभग २० वर्षको प्रयास अहिले सफल भएको छ र यसलेृ हाम्रो देशको हतियार क्षमतालाई उल्लेख्य रूपमा अघि बढाउनेछ, उनले थपे ।
रेथ्योन टेक्नोलोजीज र लकहीड मार्टिनले हाइपरसोनिक एयर ब्रिदिङ हतियारको विकासको ठेक्का पाउनका लागि हानथाप गरिरहेका छन् ।
गत सेप्टेम्बर महिनादेखि अहिलेसम्म एयर ब्रिदिङ हाइपरसोनिक हतियारका चारवटा परीक्षण गरिएका छन् । रेथ्योनको हाइपरसोनिक हतियार दुईपटक सफल भएको छ भने लकहीड मार्टिनको परीक्षण विफल भएको छ ।