२२ जेठ २०८३, शुक्रबार

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गर्ने तीन जना पक्राउ

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गर्ने तीन जना पक्राउ

नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार पक्राउ परेका उनीहरूलाई मंलगवार सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका–१६ घर भएका २० वर्षीय सिद्दार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका–२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् । 

उनीहरूले असार २३ गते राति काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरेका थिए । उनीहरूलाई विभिन्न सुन तथा चाँदीका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट सुनको तिलहरी, सिसा दानी, चुकुन्द, लकेट, बथनी अर्घ, ऐना र मुकुट १/१ थान, चाँदीको करूवा, पाता, गिलास र माला २/२ थान, दियो ५ थान, दियो बाल्ने ११ थान, कचौरा ४ थान, चम्चा ३ थान र १ सय २४ थान विभिन्न सिक्काहरू बरामद गरिएको छ । 

उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्