२५ जेठ २०८३, सोमबार
वाम ध्रुवीकरणको प्रयास

विचार मिल्ने पार्टीसँग एकता गर्नेबारे छलफल गर्‍यौं : प्रचण्ड

विचार मिल्ने पार्टीसँग एकता गर्नेबारे छलफल गर्‍यौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकीकरण गर्नेबारे छलफल भएको बताएका छन् । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत सचिवालय सदस्यको छलफलमा विचार मिल्ने पार्टीहरूबीच एकताका लागि छलफल भएको उनले बताएका हुन् । 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलवार शीर्ष नेताहरू छलफलमा जुटेका थिए । 

‘नेकपामा हामी बहुमत सचिवालय सदस्य हौं नि ! हामीले विचार मिल्ने पार्टीहरूको बीचमा एकताका लागि छलफल गरिरहेका छौं,’ प्रचण्डले भने । 

आगामी निर्वाचनमा गठबन्धन कायम गरेर जानेबारे पनि छलफल भएको उनले बताए । 

तत्कालीन नेकपा बन्दा नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएका थिए । नेकपाको सचिवालयमा रहेकामध्ये प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ छलफलका लागि जुटेका हुन् । 

उनीहरू यसअघि असार १९ गते पनि ललितपुरको एक घरमा छलफलमा जुटेका थिए । त्यसबेला उनीहरूले समाजवादी केन्द्र बनाउनेबारे छलफल गरेका थिए । 

मंगलवार सिंहदरबारमा उनीहरू फेरि छलफलमा बसेका छन् ।

मंगलवारै बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो । 

भट्टराई पनि समाजवादी केन्द्र बनाउनेबारे सहमत छन् तर कम्युनिस्ट पार्टीमा आफू सहभागी नहुने भट्टराईले बताउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्