
बुधवार बिहान लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्दै देशका अन्य केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले एक बुलेटिन जारी गर्दै बुधवार बिहान जनाएको छ ।
अहिले नेपालको पूर्वी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको विभागले उल्लेख गरेको छ ।
बुधवार दिउँसो तथा रातिसम्म नै देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
बुधवार दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
यस्तै बुधवार राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।