०२ साउन २०८३, शनिबार

गोसाइँकुण्ड तीर्थयात्रा सहजताका लागि उपसमिति गठन

गोसाइँकुण्ड तीर्थयात्रा सहजताका लागि उपसमिति गठन

यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो । यही साउन २७ गते जनैपूर्णिमा पर्वमा १५ हजार भक्तजन आउने लक्ष्यका साथ गोसाइँकुण्ड क्षेत्र विकास समिति पूर्वतयारीमा जुटेको हो । 

रसुवाको प्रवेशद्वार बेत्रावतीबाट निलाद्री पर्वतको उच्च भागसम्म उपसमितिले यात्रुलाई सेवा पु¥याउने बताइएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार विशेष पर्वका लागि साउन २१ गतेदेखि पवित्रकुण्डमा भक्तजनको ठूलो आगमन हुने पूर्वानुमान गर्दै होटल तथा लज तयारी पार्न व्यवसायीलाई अनुरोध गरिएको छ ।

वर्षायाम भएकाले बेत्रावती, कालिकास्थान, धुञ्चे, चन्दनबारी, लौरिविनायकको मार्ग प्रयोग गर्दा सुरक्षित हुने समितिले सुझाव दिएको छ । लेक लागेर यात्रु बिरामी परेमा रसुवामा कार्यरत सुरक्षा निकायले उद्वार गर्ने, यात्राका क्रममा फाट्टफुट्टरूपमा हुनसक्ने बिरामीको समस्या हल गर्न धार्मिक मार्गका विभिन्न स्थानमा स्वास्थ्य शिविर राख्नेसमेत तय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्