०९ साउन २०८३, शनिबार

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण भएको मिश्रले फेसबूकमार्फत जानकारी दिएका छन् । 

यसअघि ६ महिनाअघि पहिलो पटक उनलाई संक्रमण भएको थियो । 

उनले पहिलोपटक जस्तो कडा लक्षण आफूमा नदेखिएको जनाएका छन् । 

उनले भनेका छन्,'पहिलो पटक ६ महिनाअघि भएको थियो। अहिले फेरी भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन। थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमै आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिन। त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु। कोभिड फेरि बढ्दैछ।'

salt training

कमेन्ट गर्नुहोस्