२९ जेठ २०८३, शुक्रबार
सन्दर्भ : ओलीको गुनासो

को हुन् ओलीलाई तनाव नै दिने गरी २४ भोट ल्याउने वडाध्यक्षका एमाले उम्मेदवार ?

को हुन् ओलीलाई तनाव नै दिने गरी २४ भोट ल्याउने वडाध्यक्षका एमाले उम्मेदवार ?
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्र शर्मनाक अन्तर्घात भएको गुनासो गर्दै एउटा उदाहरण पेश गरे ।

पार्टीको बाग्मती प्रदेश कमिटीको बैठकलाई बुधवार सम्बोधन गर्दै ओलीले भने–

‘हाम्रो पार्टीको एउटा वडा कमिटी ३९ जनाको रहेछ । त्यहाँ पार्टीका शुभेक्षुकको पनि थिए होलान् । वडाको चुनावमा भोट २४ आयो । हामीलाई पार्टी सदस्य हौं भन्न लाज हुनुपर्छ कि पर्दैन ? योभन्दा बेइमानी, निकृष्टता र शर्मनाक कुरा केही हुन्छ ? पार्टीको वडा कमिटी नै ३९ जनाको छ, भोट आउँछ २४ ।'

ओलीले थपे– 'चुनावको बेला एउटा नारा चलेको थियो, टिकट पाए जित्छु, नपाए जिताउँछु । यो नारा बिल्कुल ठीक थियो, व्यवहारमा उल्टो भयो ।’

ओलीले २४ भोट आएको भनेर कुन वडाको सम्बन्धमा गुनासो गरेका हुन् त ? यसको जवाफ खोज्दै जाँदा ८ वटा वडामा एमालेले २४ मात्र भोट पाएको भेटियो ।

मधेश प्रदेशमा मात्र एमाले वडाध्यक्षका ४ उम्मेदवारले २४ मत ल्याएका छन् । बाग्मतीमा १, लुम्बिनीमा २ र कर्णालीमा १ उम्मेदवारले २४ मत पाएका छन् ।

बुधवार ओलीले सम्बोधन गरेको बाग्मतीमा २४ मत ल्याउने एमाले वडाध्यक्षका उम्मेदवार नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ का चुडामणि मोक्तान हुन् ।

ओलीले थप प्रस्ट नपारेकाले यिनै ८ मध्ये कुनै एक वडाप्रति उनले गुनासो गरेको हो भन्न सकिन्छ ।​

हेर्नुहोस्, एमालेले २४ मत ल्याएका वडाहरू :

 

एमाले वडाध्यक्षका उम्मेदवारले ल्याएको सबैभन्दा कम मत भने २४ हैन ।

सर्लाहीको हरिपुर नगरपालिका– ९ र विष्णु गाउँपालिका– ७ का एमाले उम्मेदवारले जम्मा ४ मत ल्याएका छन् ।

यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ११ का एमाले उम्मेदवारले ५ तथा सप्तरीकै बोदेबरसाइन– ४ र कञ्चनरुप– १ का एमाले उम्मेदवारले ६-६ मत पाएका छन् ।

खोटाङको हलेसी तुवाचुङ– ७ का एमाले वडाध्यक्षका उम्मेदवारलाई ९ मत प्राप्त भएको छ ।

खोज्दै जाँदा २४ भन्दा कम मत ल्याउने एमाले वडाध्यक्षका उम्मेदवारको संख्या उल्लेख्य छ ।

salt training

कमेन्ट गर्नुहोस्