०९ साउन २०८३, शनिबार

चीनले भुटान नजिक गाउँ बनाएपछि आत्तियो भारत

साउन ४, २०७९
चीनले भुटान नजिक गाउँ बनाएपछि आत्तियो भारत

चीनले डोक्लमबाट नौ किलोमिटर पर अमो चु उपत्यकामा गाउँ बनाएको भूउपग्रहीय तस्वीरबाट खुलासा भएको छ । 

भुटानी क्षेत्रमा पर्ने यस गाउँको नाम चीनले पांगडा राखेको दैनिक भास्करले लेखेको छ । 

गाउँ निर्माण भइरहेको तस्वीर सन् २०१९ को नोभेम्बर महिनामा सार्वजनिक भएको थियो । अहिले यो गाउँ भरिभराउ भएको छ । 

लगभग हरेक घरअगाडि कार देखिन्छ । 

पांगडा नजिक सबै मौसममा चल्ने सडक छ । यो सडक अमो चु नदीको किनारमा बनाइएको छ । भुटानको सीमाको १० किलोमिटर भित्र यो सडक रहेको बताइन्छ । 

सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरू आमनेसामने भएका थिए । 

चीनले भुटानमा गाउँ बनाएपछि सिक्किममा रहेका भारतीय सुरक्षाबलहरूको चिन्ता बढेको छ । 

यस गाउँले भारतको सुरक्षामा असर पार्ने पक्का छ किनकि अमो चु नजिक संरचना निर्माण मार्फत चिनियाँ सेना रणनीतिक रूपमा महत्त्वपूर्ण डोक्लमसम्म सजिलै पुग्छ । त्यहाँबाट संवेदनशील सिलिगुडी कोरिडोर अर्थात् चिकेन नेक नजिकै छ । त्यही कोरिडोरमार्फत भारतको मुख्यभूमि पूर्वोत्तरका सात राज्यसँग जोडिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्