१२ असार २०८३, शुक्रबार

पहिरोका कारण सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध

पहिरोका कारण सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर

निरन्तरको वर्षाका कारण पहिरो जाँदा सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध भएको छ ।

केही दिनदेखि लगातार वर्षा भएपछि सडकखण्डको बैतेश्वर गाउँपालिका–८ देउरालीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । 

बैतेश्वर गाउँपालिका–८ क्षत्रपा यवो देउरालीमा पहिरोले सडकको ठूलो भाग बगाएपछि सडक अवरुद्ध भएको बैतेशवर गाउँपालिका–८ क्षत्रपाका वडाध्यक्ष शान्तबहादुर जिरेलले बताए । बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिका जाने सडक पहिरोले भत्किएपछि नागरिकलाई आवतजावत गर्न समस्या भएको छ ।

भीरको बाटोमा सडकको ठूलो क्षेत्र पहिरोले बगाएपछि बुधवार बिहानैदेखि सवारी आवतजावत बन्द भएको र तत्काल सञ्चालन हुने अवस्था नभएको अध्यक्ष जिरेलले बताए ।

पहिरोले सडक अवरुद्ध गरेपछि क्षत्रपा, यवो, जुङ्गु, कसेरी, चेत्पु, हुक्पा, झयाकु लगायत क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।

वैकल्पिक सडक नहुँदा पहिरोले सडक बगाएपछि स्थानीय नागरिकलाई खाद्यान्न ढुवानी तथा उत्पादित आलु बजारसम्म निर्यात गर्नका लागि समस्या भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्