२९ जेठ २०८३, शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने कांग्रेसको लक्ष्य छ : उपसभापति खड्का

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने कांग्रेसको लक्ष्य छ : उपसभापति खड्का
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् ।

उपसभामुख खड्काले बुधवार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।

उनले कांग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँँदै दुईतिहाइ बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए । उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।’ 

कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा प्राप्त नतिजाको आधारमा अझै मेहनत गरेर आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

उनले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घात–अन्तर्घात बढेको बताउँँदै आगामी निर्वाचनमा क्रियाशील सदस्यबाटै उम्मेदवार छनोट गर्न जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्