
कपिलवस्तुमा सवारीसाधनको ठक्करबाट बुधवार २ जनाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगङ्गा–१० मा बालिकाको मृत्यु भएको छ ।
बुधवार बा५ख ९३५० नम्बरको बसले रा७प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।
वाणगङ्गा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा ९ वर्षीया एन्जला पौडेलको मृत्यु भएको छ । बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको छ ।