१० साउन २०८३, आइतबार

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार १० बुँदे सूचनामार्फत स्वास्थ्य मापदण्ड पालनामा सबैसँग अनुरोध गरेको हो । 

जसअनुसार सबै सरकारी, गैरसरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरूमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । यस्तै विमानस्थल, हवाईजहाज लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरिएको छ । 

यस्तै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने। विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जन स्थलमा पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ । 

संक्रमण पुष्टि भई होम आईसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमण पश्चात स्वास्थ्य जटिलता देखिएका व्यक्तिहरूलाई प्रदेश अनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा पठान पनि सूचनामा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्