२३ जेठ २०८३, शनिबार

भारतीय राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

साउन ५, २०७९
भारतीय राष्ट्रपतिमा द्रौपदी मुर्मू  निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू विजयी भएकी छन् । मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी  हुन् । समाचार अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ । यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । 

भारतको राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।

salt training

कमेन्ट गर्नुहोस्