०५ असार २०८३, शुक्रबार

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियास् भन्ने प्रस्ताव निणायार्थ प्रस्तुत गरेका थिए । 

सो विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सहरी क्षेत्रका सार्वजनिक यातायात र काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री,  विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले विधेयक पेश गरिएको बताए । प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन ६ गते अपराह्न १ बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्