
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकामा बधाई तथा शुभकामना दिएकी छन् । ट्वीटरमार्फत उनले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् ।
‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु’, राष्ट्रपतिको ट्वीटरमा भनिएको छ ।
बिहीबार आएको निर्वाचनको मतपरिणामअनुसार द्रौपदी विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा चुनिएकी थिइन् ।