२३ असार २०८३, मंगलबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

शुक्रवार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भूभागका एक वा दुई स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा   स्थानको आसपास अवस्थित रहेको विभागले जनाएको छ । 

विभागका अनुसार आज दिउँसो तथा राति देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्