
अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना भाइरस संक्रमण भएको छ ।
ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएको बताएको छ ।