२६ जेठ २०८३, मंगलबार

अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

साउन ६, २०७९
अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।

जर्मनीलाई जित दिलाउन लिना मागुल र एलेक्जेन्ड्रा पपले एक एक गोल गरिन् ।

खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १-० अग्रता दिलाएकी थिइन् । 

त्यसपछि खेलको ९० औं मिनेटमा पपले गोल गर्दै जर्मनीको जित पक्का गरिन् ।

अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ 

salt training

कमेन्ट गर्नुहोस्