२६ जेठ २०८३, मंगलबार

आइएमई इलेक्ट्रिकले ललितपुर महानगरलाई दियो राफ्ट स्कूटर

आइएमई इलेक्ट्रिकले ललितपुर महानगरलाई दियो राफ्ट स्कूटर

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरपलिका लाई ५ वटा राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ ।

बिहीबार ललितपुरमा एक कार्यक्रममा आयाेजना गरी कम्पनीले ललितपुर महानगरपलिकालाई स्कूटर हस्तान्तरण गरेका हो ।

आइएमई इेलेक्ट्रिक नेपालको लागि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु आधिकारिक विक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । याे स्कुटर एक पटक फुल चार्जे गर्दा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर सुविधा हुने बताए । यस्तै, नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेसपोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्