नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
केन्द्रीय बैंकले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरिसकेको छ ।
बिहीवार साँझ गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका हुन् ।
मौद्रिक नीति ल्याउन शुक्रवार बिहान सञ्चालक समितिको बैठक बोलाएको छ ।
जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका छन् ।