२५ असार २०८३, बिहीबार

श्रीलंकामा नयाँ राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी

साउन ६, २०७९
श्रीलंकामा नयाँ राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी

श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमसिंघेविरुद्ध लगातार जनप्रदर्शन भइरहेको छ । 

शुक्रवार बिहान राष्ट्रपति सचिवालय नजिक सुरक्षाकर्मीहरूले विरोधकर्ताहरूलाई हटाएपछि गल फेस विरोधस्थलमा कम्तीमा नौजनालाई पक्राउ गरिएको छ । 

सुरक्षाकर्मी र विरोधकर्ताबीचको झडपमा कैयौं घाइते भएका छन् । 

प्रहरीले सेना तथा एसटीएफको सहयोगमा विरोधकर्ताहरूलाई राष्ट्रपति सचिवालयबाट हटाएको थियो । 

पक्राउ गरिएकाहरूलाई आज अदालतमा पेश गरिने प्रहरीको भनाइ छ । 

वारदात स्थल अनुसन्धान अधिकारी तथा औंठाछाप विश्लेषकहरूलाई वैज्ञानिक प्रमाण संकलन गर्नका लागि बोलाइएको छ । 

विक्रमसिंघे पनि पुरानो सत्ताको निरन्तरता भएको भन्दै उनका विरुद्ध प्रदर्शन भइरहेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्