२३ जेठ २०८३, शनिबार

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा भारतीय राष्ट्रपति मुर्मु विश्वस्त

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा भारतीय राष्ट्रपति मुर्मु विश्वस्त

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उनले आफू नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त रहेको बताएकी हुन् । 

उनले लेखेकी छन्, ‘नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।’ प्रधानमन्त्री देउवाले मुर्मु राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बिहीवार राति ट्वीटरमार्फत बधाई दिएका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मुलाई बधाई दिएकी छन् । उनले ट्वीटरमार्फत भारतका १५औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा मुर्मुलाई बधाई दिँदै उनको कार्यकालमा दुई देश बीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी थिइन् । 

भारतमा गत सोमवार भएको निर्वाचनमा उनी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन् । सोमवार भएको निर्वाचनको परिणाम बिहीवार सार्वजनिक भएको थियो । उनी विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले आइतबारदेखि कार्यभार सम्हाल्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्