२७ असार २०८३, शनिबार

निर्वाचनलाई मर्यादित बनाउन सघाउनुहोस्ः प्रधानमन्त्री देउवा

निर्वाचनलाई मर्यादित बनाउन सघाउनुहोस्ः प्रधानमन्त्री देउवा
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफल बनाउनका लागि सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको नवौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले निर्वाचनको पक्षमा कलम चलाउन आग्रह गरेका हुन् । 

आगामी निर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई प्रधानमन्त्रीले अनुरोध गरे । उनले सरकार छिट्टै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारीमा रहेको बताए ।

हरेक राजनीतिक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीको समयमा सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे । उनले विगतमा जस्तै आगामी निर्वाचनमा पनि पत्रकारहरूले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधिलाई पनि ग्रहण गर्दै अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेको भन्दै निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने उनले बताए ।

हेटौंडामा शुक्रवारदेखि शुरू भएको नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन् । शनिवार सम्पन्न हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । युनियनको नेतृत्वका लागि संस्थापन पक्षबाट अनिता विन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्