२५ जेठ २०८३, सोमबार

वैवाहिक नागरिकताको विषयमा खास अवधि राख्नैपर्छ : गोकुल बास्कोटा

वैवाहिक नागरिकताको विषयमा खास अवधि राख्नैपर्छ : गोकुल बास्कोटा
फाइल तस्बिर

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा नागरिकता विधेयक रंग बदलिएर आएको बताएका छन् । मौसम बदलिएजस्तै सत्ताको चासनीले रंग बदलिएर आएको उनले बताए । प्रतिनिधिसभामा नागरिकता विधेयक सम्बन्धी छलफलमा बास्कोटाले त्यस्तो भनेका हुन् । 

‘कैयौँ ठाउँबाट खेदिएका नेपाली पनि हामीले देखेका छौँ, कयौँ देशका शरणार्थीलाई पनि देखेका छौँ,’ उनले भने, ‘लूज प्रावधान नराखौँ, ७ वर्षसम्मको अवधि राखौँ ।’ लोक सेवा आयोगले परीक्षणकालको अवधि राखेको हुन्छ भने नागरिकताजस्तो सम्वेदनशील विषयमा अवधि राख्नु पर्ने उनले भने ।

‘लचिलो हुने नाममा कतै पेरुमा फुजी मरु जापानको राष्ट्रपति भए जस्तै नहोस्, फिजीमा महिन्द्रा चौधरी भए जस्तै नहोस्,’ बास्कोटाले भने, ‘वैवाहिक नागरिकताको विषयमा खास अवधि राख्नैपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्