
नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमा सम्बन्धमा संसद्मा छलफल गरिएको हो की छल मात्र गरिएको हो भनेर प्रश्न गरेका छन् । नागरिकता विधेयकका बारेमा जारी छलफलमा भाग लिँदै उनले नागरिक विधेयक पारित गर्न किन हतारो भएको हो भनी प्रश्न गरेका हुन् ।
सरकारले प्रस्तुत गरेको नागरिकता विधेयकका कारण देशको स्वाधीनता खतरामा पर्ने रावलको दाबी छ । उनले संसद्मा राष्ट्रियता सम्बन्धी कविता पनि वाचन गरेक थिए ।
नागरिकता विधेयकजस्तो गम्भीर विषयलाई समितिमा छलफलको लागि नपठाएर किन हतार गरिएको भन्दै उनले प्रश्न गरे । वैवाहिक नागरिकताको सम्बन्धमा ७ वर्षको अवधि हटाइएकोमा उनले आपत्ति जनाएका छन् । सत्ताको लागि यस्तो गरिनु नेपालप्रति अन्याय भएको उनको भनाइ थियो ।