नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तारमा कडाई गर्ने भएको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त जानकारी गराएका हुन् ।
गत आवमा १९ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य रहेकोमा चालू आवमा १२.६ प्रतिशतमा सीमित गरिने भएको छ ।
बढ्दो आयात नियन्त्रण र विदेशी मुद्रा सञ्जितीमाथिको दबाब कम गर्न कर्जा विस्तारमा कडाइ गरिने भएको हो ।
अघिल्लो आवमा लक्ष्यभन्दा ३ प्रतिशत कम अर्थात् १६ प्रतिशत कर्जा विस्तार भएको थियो ।
चालू आवमा उत्पादनमूलक क्षेत्रलाई लक्षित गरेर कर्जा विस्तार गरिने राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।