१० असार २०८३, बुधबार

प्रतिनिधिसभाबाट नागरिकता संशोधन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट नागरिकता संशोधन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ बहुमतले पारित भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार राति सदनमा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको हो ।

सो अघि  बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दिनभर दफावार छलफल भएको थियो । यो विधेयक प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट पारित गरेको हो । 

नागरिकता विधेयकलाई अब राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने प्रावधान छ ।  विधेयक पारित भएसँगै साउन ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्