
साङ्लो किरा कानभित्र घुसेपछि कस्तो हालत होला ? यस्तै घटना भएको छ सिंगापुरकी युवती नन्दलासँग । उनी ओछ्यानमा सुतिरहेको बेला साङ्लो किरा कानभित्र घुसेको छ ।
उनले कानभित्र घुसेको साङ्लो किरालाई घरमै बाहिर निकाल्न थुप्रै कोसिस गरिन् । चिम्टाले निकाल्न खोजिन् तर सम्भव भएन ।
साङ्लो किरालाई घरमै निकाल्न सम्भव नभएपछि उनले अस्पताल जानुपर्यो । अस्पताल गएर उनले साङ्लो किरालाई बाहिर निकालेकी छन् । अस्पतालमा मरेको साङ्लो किराका टुक्राटुक्रा बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साङ्लो किराको लम्बाई ३.५–४ सेन्टिमिटर रहेको जनाइएको छ ।
यसअघि आफ्नो पीडादायी अनुभव सुनाउँदै उनले भनिन्, ‘कानभित्र साङ्लो किरा हल्लिरहेको र हिँडिरहेको महसूस हुन्थ्यो ।