०५ असार २०८३, शुक्रबार

इच्छाकामना गाउँपालिकामा जग्गा नाप नक्सांकन कार्य शुरू

इच्छाकामना गाउँपालिकामा जग्गा नाप नक्सांकन कार्य शुरू
प्रतिकात्मक तस्वीर

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सांकन कार्य शुरू गरिएको छ । 

संघीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर ७ भालुमाराबाट शुक्रवारदेखि जग्गा नाप नक्सांकन कार्य शुुभारम्भ गरिएको हो । 

भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार गाउँपालिकामा ३ हजार ५३९ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । त्यसमध्ये ८३ जना भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र २ हजार ६८५ अव्यवस्थित बसोबासी रहेका उनले बताए । 

इच्छाकामनामा वडा नम्बर ७ मा सबैभन्दा बढी १ हजार ६२७ ले निवेदन दिएका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा आगामी ३ महिनाभित्र नाप नक्सांकन कार्य सम्पन्न गरिने बताए । ६ महिनादेखि वर्ष दिनभित्र सबै प्रक्रिया पूरा गरी लालपूर्जा समेत वितरण गरिने अध्यक्ष गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्