३१ जेठ २०८३, आइतबार

रक्सी चोरेर फरार मोडल पक्राउ

साउन ७, २०७९
रक्सी चोरेर फरार मोडल पक्राउ

प्रहरीले रक्सी चोरीको आरोपमा एक  २९ वर्षीया मोडललाई पक्राउ गरेको खबर छ । उनले रेस्टुरेन्टबाट चोरेको रक्सीको मूल्य १.५ मिलियन डलर अर्थात करिब करिब २० करोड रुपैयाँ छ । 

 प्रिसिला लारा ग्वेभारा नाम गरेकी उनी मेक्सिकोकी बासिन्दा हुन् । उनलाई हालै एक रोमानियाली–डच साथी ग्याब्रियल डुमित्रुसँगै रक्सी चोरीको आरोपमा पक्राउ गरिएको हो । उनले अघिल्लो वर्ष अक्टोबरमा क्रोएशियाको एल एत्रियो नामको एक विलासी रेष्टुरेन्टबाट रक्सी चोरी गरेकी थिइन् । 

ग्वेभारा र डुमित्रुलाई ९ महिनासम्मको खोजीपछि यसैहप्ता पक्राउ गरिएको द टेलिग्राफले लेखेको छ । यी दुईले कूल ४५ वटा बोतल चोरेका थिए । तीमध्ये एउटा त १९ औँ शताब्दिको दुर्लभ वाइनको बोतलसमेत रहेको थियो । 

उनीहरुको खोजीमा स्पेनिस, डच, क्रोएसियन र रोमानियाका प्रहरी परिचालित भएका थिए । अन्ततः सीमा पार गर्ने बेला उनीहरुलाई क्रोएशियाबाट प्रहरीले पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्