
गैरआवासीय नेपालीलाई नागरिक दिने विधेयक अघि बढेकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खुशी व्यक्त गरेका छन् ।
शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले खुशी व्यक्त गरेका हुन् ।
पौडेलले लेखेका छन्, ‘हामीले लामो समय अघिदेखि प्रतिबद्धता गरेको गैरआवासीय नेपाली नागरिकता विधेयक अघि बढेकोमा खुशी छु । २०० वर्षभन्दा पहिलेदेखि गोर्खालीले विदेशमा बगाएको पसिनालाई नेपालले पहिचान दिने काम भएको छ । लाभान्वित सबै नेपालीलाई हार्दिक बधाई तथा शुभकामना !’