
भारतीय क्रिकेट टीमका कप्तान शिखर धवन फेरि असफल भएका छन् ।
लामो समयदेखि शतक बनाउने प्रयासमा रहेका धवन फेरि शतक बनाउन ३ रनले चुकेका छन् ।
वेस्टन्डिज विरुद्धको एकदिवसीय खेलमा धवनले ९९ बलको सामना गर्दै ९७ रन बनाएका थिए तर अन्तिममा ‘आउट’ भए । धवनलाई बलर गुडाकेश मोतीले ‘क्याच आउट’ गराए ।
कप्तान धवन आफ्नो खेल जीवनको छैठौंपटक ९० रन पूरा गरेपछि आउट भएका छन् । भारतीय खेलाडीमध्ये सचिन तेन्दुलकर यसरी १७ पटक आउट भएका छन् ।
धवनले झण्डै ३ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउन सकेका छैनन् । धवनले अन्तिम शतक सन् २०१९ मा बनाएका थिए ।