२३ जेठ २०८३, शनिबार

मधेशका ७ लाख मानिसले नागरिकता पाउने पक्का भयो : प्रचण्ड

मधेशका ७ लाख मानिसले नागरिकता पाउने पक्का भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि मधेशका करीब सात लाख नागरिकले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । 

शनिबार सर्लाही जाने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकता विधेयक पारित भएर मधेशका करिब ७ लाख नागरिकले नागरिकता पाउने पक्का भएपछि जनकपुर आएको दाबी गरेका छन् । 

प्रचण्डले मधेशी जनतालाई खुशीको खबर सुनाउनको लागि जनकपुर आएको बताए । 

‘झण्डै ६–७ लाख नेपालीहरू नागरिकताको अभावका कारणले धेरै कामबाट बञ्चित हुनुपर्ने अवस्था थियो अब त्यसको अन्त्य भएको छ । अब त्यो तुरुन्तै कार्यान्वयन हुन्छ । आज यो कुरा फेरि जनकपुर आएर पहिलो पटक पार्टीको तर्फबाट र मेरोतर्फबाट पनि सुनाउन पाउँदा मलाई गर्वको महसुस भएको छ’, प्रचण्डले जनकपुरमा भनेका थिए ।

त्यसैगरी, समाजवादी केन्द्र बनाउने बारेमा डा. बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको पनि प्रचण्डले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्