२३ असार २०८३, मंगलबार

को हुन् ‘फिरंगी बाबा’ जसको नग्न दृश्यको चर्चा छ..

को हुन् ‘फिरंगी बाबा’ जसको नग्न दृश्यको चर्चा छ..

सोनी लिभको नयाँ सिरिज ‘डाक्टर अरोडा’ले प्रशारण शुरू भएदेखि नै धमाल मच्चाइरहेको छ । यो सिरिज यौन समस्याको विषयलाई लिएर बनाइएको छ । सिरिजमा देखिएका सबैजसो कलाकारको अभिनयलाई सबैले मन पराएका छन्, तर एउटा पात्रको भने सिरिज सकिएपछि पनि सबैले सम्झिरहेका छन्, उक्त पात्र हुन् ‘फिरंगी बाबा’ ।  

सिरिजमा ‘फिरंगी बाबा’को भूमिका चर्चित कलाकार राज अर्जुनले निभाएका छन् । उनले बलिवुडमा मात्र हैन, मलयालम, तमिल र तेलगु फिल्ममा पनि काम गरिसकेका छन् । उनले हरेक भूमिकामा आफूलाई सावित गरिसकेका छन् । ‘डाक्टर अरोडा’मा पनि उनले अभिनय कलाबाट सबैलाई चकित बनाएका छन् । 

ट्रेलरमा जब राज अर्जुनको भूमिका देखियो, त्यसपछि नै उक्त सिरिजको चर्चा शुरू हुन थालेको थियो । अब सिरिज हेरेपछि उनको भूमिका किन ‘सेक्रेट’ राखिएको थियो भन्ने प्रष्ट भएको छ । ‘फिरंगी बाबा’को भूमिका उनको अभिनय, सम्वाद र शारीरिक बनावट पनि एकदम न्यायपूर्ण देखिएको छ । 

सिरिजमा ‘फिरंगी बाबा’को भूमिका राम्रो छ । केही व्यंग्यात्मक पनि छ । ‘फिरंगी बाबा’ बनेका राज अर्जुनले सिरिजमा नग्न दृश्य पनि दिएका छन् त्यो पनि १–२ सेकेण्डको मात्र होइन, लामो नग्न दृश्य देखाइएको छ । 

कथा अनुसार उनी एक आश्रममा जान्छन्, जहाँ उसका करोडौं महिला भक्तहरू हुन्छन् । सबैको बाबासँग व्यक्तिगत भेटघाटको माग हुन्छ । सबै महिला भक्तहरूको माग पूरा गर्दागर्दै उनी हैरान हुन्छन् । उनमा शारीरिक समस्या देखिन्छ । 

सोही समस्याका कारण उनी एक यौन विशेषज्ञ ‘डाक्टर अरोडा’सँग भेट्न जान्छन् । सबैसँग परिचित भएकाले उनी ‘डाक्टर अरोडा’लाई भेट्न लुकेर रेल स्टेशनमा पुग्छन् । ‘डाक्टर अरोडा’ले लुकेर नै ‘फिरंगी बाबा’को शारीरिक परीक्षण गर्छन्, ठीक त्यही बेला भीड आइपुग्छ र ‘फिरंगी बाबा’को कपडा खोसिदिन्छ । त्यसपछि उनी नांगै त्यहाँबाट भाग्छन् । उनले आफूलाई भीडले नचिनोस् भनेर कपडाले मुख छोप्छन् । 

‘फिरंगी बाबा’ आफूलाई बचाउन रेल स्टेशनमा पूर्ण नग्न अवस्थामा डौडिन्छन् । त्यसपछि उनी रिक्सा चोरेर त्यसमा आश्रमसम्म पुग्छन् । आश्रममा उनलाई सहयोगीहरूले बचाउँछन् । 

शो मा राज अर्जुनले ‘शानदार’ अभिनय गरेका छन् । उनको नग्न दृश्यले उनका फ्यानहरूलाई ‘सरप्राइज’ दिएको छ । 

राज अर्जुनले ‘ब्ल्याक फ्राइडे’, ‘रईस’, ‘सिक्रेट सुपरस्टार’, ‘शेरशाह’, ‘थलइवी’, ‘लब होस्टल’जस्ता चलचित्रमा काम गरिसकेका छन् । उनले टीभीमा ‘साईबाबा’को भूमिका पनि निर्वाह गरिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्