०३ साउन २०८३, आइतबार

नागरिकता विधेयक पारित गर्न माओवादीकै कारण सम्भव भयो, अब बलियो पार्टी बनाउनुहोस् : प्रचण्ड

नागरिकता विधेयक पारित गर्न माओवादीकै कारण सम्भव भयो, अब बलियो पार्टी बनाउनुहोस् : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई–मधेशका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

उनले भने, ‘लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यावहारिक रूपमा कार्यान्वयन भएको छ ।’

सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रवार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गरे ।

‘तपाईंहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ,’ उनले भने, ‘नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।’

मधेशी जनताको चाहनाअनुरूप शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनले दाबी गरे । ‘चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ,’ पूर्व प्रधानमन्त्री दाहालले भने, ‘नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनताको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्