०६ असार २०८३, शनिबार

३ किशारी आत्महत्या प्रकरणः चियाबगानमा काम गर्ने उनी दिउँसो १२ बजेदेखि बेपत्ता

३ किशारी आत्महत्या प्रकरणः चियाबगानमा काम गर्ने उनी दिउँसो १२ बजेदेखि बेपत्ता
फाइल तस्बिर

झपाको कचनकवल–५ पाठामारीमा झुण्डिएको अवस्था फेला परेका ३ जना किशारी चिया बगानमा काम गर्ने कामदार भएको खुलेको छ । ३ जना युवतीहरूले पढाइ छोडेर चिया बगानमा काम गरिरहेका थिए ।

कचनकवल गाउँपालिका ५ का वडा अध्यक्ष मोहम्मद नुर आलमका अनुसार उनीहरू हिजो (शनिवार) दिउँसो १२ बजेदेखि सम्पर्क विहीन थिए । झापाकै चिया बगानमा काम गर्दै आएका उनीहरूलाई आइतवार बिहान ७ बजे झुण्डिएको अवस्थामा फेला परेका थिए ।

‘उनीहरू हिजोदेखि हराएको परिवारले बताउनु भएको छ । के कसरी भयो भन्ने अहिलेसम्म पनि थाहा छैन,’ वडाअध्यक्ष आलमले लोकान्तरसँग भने, ‘परिवारले पनि केहि भन्न सकेको छैन ।’

उनका अनुसार अहिले जिल्ला प्रहरी झापाको टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ । रूखमा झुण्डिएको अवस्थामा फेला परेकोमा कचनकवल– ५ निवासी  १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्