
काठमाडौं, २३ मंसिर — अंकिता लोखन्डेसँग ब्रेकअप भएपछि सुशान्त सिंह राजपुतलाई ‘राबता’ फिल्मको सहकर्मी कृति सानोनसँग जोड्ने गरिएको छ । तर सुशान्त र कृतिले यो हल्लालाई इन्कार गर्ने गरेका छन् । आफूहरू नजिकको साथी मात्र भएको उनीहरू बताउँछन् ।

तर हालै एक पार्टीमा उनीहरूले गरेको व्यवहारले अर्कै कथा भन्छ । एउटा भिडियोमा उनीहरूको हर्कत कैद भएको छ ।
बलिउडका फेशन डिजाइनर मनीष मल्होत्राको ५०औैं जन्मदिनको पार्टीमा सुशान्त र कृति एकअर्कासँगै लिपिक्केै टाँसिएका देखिन्थे । उनीहरू जोडी झैं देखिन्थे । आफूहरूको भिडियो रेकर्डिङ भएको थाहा पाएपछि उनीहरूले लाज माने ।
अझ सुशान्तको अनुहार त त्यतिखेर हेर्न लायकको थियो । सुशान्तले ‘भिडियो खिचिराखेको छ, अन्तै जाऊ’ भनेपछि कृतिले उनको कानमा खासखुस गर्न खोज्दाखोज्दै अन्तै जानुपरेको थियो ।
उनीहरू आफ्नो सम्बन्ध लुकाउन चाहन्छन् । केही त पक्कै पाकिरहेको छ यिनीहरूका बीचमा । अझ त्यही पार्टीमा यिनीहरू टाँसी टाँसी नाचेको खबरले एक दैनिकले छापेको नै थियो ।
हेरौं भिडियो :
https://www.youtube.com/watch?v=yX-0kl9SFJs&feature=youtu.be
बलिउड लाइफ