
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमको रोकिएको भुक्तानी तत्काल सुचारु गर्न माग गरेकी हुन् ।
‘हामी जनस्वास्थ्यको मुद्दा लिएर जनताको घरदैलोमा जादैछौँ । यस्तो बेला सरकारले भुक्तानी रोक्ने काम गलत भयो । स्वास्थ्य बीमा सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु’ पन्तले भनिन् ।
कांग्रेस सांसद पन्तले कोभिड संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराइन् ।