०२ साउन २०८३, शनिबार

‘बैंकहरू नाफामुखी टाइसुटधारी मिटरव्याजी साहु जस्ता भए’

‘बैंकहरू नाफामुखी टाइसुटधारी मिटरव्याजी साहु जस्ता भए’

जनता प्रगतिशिल पार्टीका सांसद हृदेयश त्रिपाठीले निजी बैंकहरू मिटरव्याजी साहुजस्ता भएको आरोप लगाएका छन् । नियामक निकाय राष्ट्र बैंक लाचार बन्दा निजी बैंक छाडा भएको उनले आरोप लगाए । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा पूर्वमन्त्री त्रिपाठीले निजी बैंकले देशको अर्थतन्त्रलाई भार बोकाउने काम गरिरहेको आरोप लगाएका हुन् ।

‘बैकहरू नाफामुखी टाइसुट धारी मिटरव्याजी साहु जस्ता भए । नियमन र नियन्त्रण छैन, उद्योगमा लगानी गर्न चाहँदैनन्, अनुत्पादक देशको अर्थतन्त्रलाइ भार बोकाउने कार्यमा लिप्त छन् । कुनैपनि बैंकले १० प्रतिशत कृषिमा गरेका छैनन् र राष्ट्र बैंक लाचार भएर बसिरहेको छ’ त्रिपाठीले भने । 

बैंक नाफामा जाने र ऋण लगानीकर्ताहरू घाटामा जाने कुरा अर्थतन्त्र बर्बादीको संकेत भएको उनले दाबी गरे । त्रिपाठीले बैंकहरूले लिइरहेको अकुत नाफाबारे मौद्रिक नीतिले कुनै सम्बोधन गर्न नसकेको आरोप लगाए । 
 

salt training

कमेन्ट गर्नुहोस्